खेलकुद क्षेत्रको बजेट बढाउँछौ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु
नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
‘राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ’
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।
रकम बाँडेको थाहा पाए कारवाही गर्नुस् : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै भोट किन्न कसैले पैसा बाँडेको थाहा पाएमा तत्काल कार्वाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
रोचक बन्दै इलामको उप-निर्वाचन
म्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्। सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्।
वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महासचिव पोखरेल
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ।
अंग्रेज फौजलाई हराएको खुसीयालीमा विजय उत्सव
बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईँले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
कोशी प्रदेश सभामा पेस भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएपछि वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ ।
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पार्टी सुदृढीकरणबारे विस्तृत कार्ययोजना प्रस्तुत हुने
नेकपा (एमाले) को वैशाख ८ र ९ गते आयोजना हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत हुँदैछ ।
गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।
गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको निर्णय गैरसंवैधानिक : कांग्रेस
नेपाली कांग्रेसले प्रदेश सरकारका गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबाट भएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको ठहर गरेको छ ।
आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बिचमा लैजान सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बन्द भएका उद्योग सञ्चालन गर्न नयाँ नीति ल्याइने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।
कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
गण्डकी प्रदेश सभाको शुक्रबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ ।
जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत चैत २७ गते मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भए पनि हालसम्म अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् ।
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै
नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भयो : सांसद यादव
अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ ।
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।
यातायात भरपर्दो बनाउन निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न आयोगले यस प्रकारको निर्देशन दिएको आयोगले जनाएको छ ।
सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीको शपथ
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।