• १९ वैशाख २०८१, बुधबार

शब्द चित्रमा मुख्यमन्त्री सोडारी

सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीको शपथ

blog

प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै सूदरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ६ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।  

प्रदेश प्रमुख नजिर मियाँसमक्ष उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिनुभएको हो।  उहाँ बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो। 

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा ( एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ। सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो। 

यो पनि पढ्नुहोस

गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

शब्द चित्रमा मुख्यमन्त्री सोडारी 

मुख्यमन्त्री दीर्घबहादुर सोडारी बुबा लोकबहादुर सोडारी र आमा कटुदेवीको जेठो सन्तानका रुपमा २०३४ फागुन १६ गते अछाम जिल्लाको हालको मंगलसैन नगरपालिकाको कालागाउँमा जन्मिनु भएको हो। उहाँले उच्च शिक्षाको अध्ययन कैलाली बहुमुखी क्याम्पसमा भएको थियो। स्नातक तहसम्मको अध्ययन गर्नु भएका सोडारी २०४६ सालमै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको सदस्य, २०४८ सालमा अछाम क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव हुनुभयो। कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हँुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य हुनुभएको थियो।

२०५० सालदेखि मसुरियामा बसोबास र पार्टी राजनीति थाल्नु भएका सोडारीले पार्टीको तत्कालीन इलाका कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै छैठौं जिल्ला अधिवेशनबाट २०६६ सालमा पार्टीको जिल्ला सचिव चुनिनु भएको थियो। सातौं अधिवेशनबाट २०७० सालमा नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो। 

सोडारी ३६ वर्ष कै उमेरमा एमालेको जिल्ला अध्यक्ष चुनिनु भएको थियो। यसका साथै नेकपा (एमाले) को आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न अवसर पाउनुभयो।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पदमा उम्मेदवार हुनुभएका सोडारी माओवादी केन्द्रका उम्मेदवारसँग पराजित हुनुभएको थियो भने २०७४ एमाले र माओवादी गठबन्धनका साझा उम्मेदवार भएर चुनाव कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट जित्नु भएको थियो। 

कुशल संगठककारुपका क्रियाशील युवा नेता सोडारी २०७४ असारमा सम्पन्न स्थानीयको तहको निर्वाचनमा नेकपा (एमाले) कैलालीका १३ मध्ये ७ वटा तहमा प्रमुख पदमा निर्वाचित गराउन सफल हुनुभएको थियो। उहाँकै पार्टी नेतृत्वकालमा एमालेले कैलालीमा पहिलो पटक जिल्ला  समन्वय समिति बनाउन सफलता हासिल गरेको थियो । 

उहाँ ०७४ को सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्री गरेर दुईपटक मन्त्री हुनुभएको थियो। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको केन्द्रीय सदस्य सोडारी सोही बेला समाजवादीको दलको नेता हुनुभएको थियो। 

०७९ मा कांग्रेस, माओवादीबाट कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट निर्वाचित सोडारी अहिले समाजवादीको दलको नेता हुनुहुन्छ। उहाँले विभिन्न समयमा जापान, बंगलादेश पाकिस्तान, भारत, कम्बोडिया, चीन, थाइल्याण्डको भ्रमण गर्नुभएको छ। उहाँले देश भित्रका जनपक्षीय आन्दोदन तथा लोकतन्त्र पुनःस्थापना र सवलीकरणका आन्दोलनमा १४ पटक गिरफ्तारीमा परेर जेल बस्नु भएको छ।