• २० वैशाख २०८१, बिहिबार

गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको निर्णय गैरसंवैधानिक : कांग्रेस

blog

नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत्त नेका केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस

काठमाडौं, वैशाख ७ गते । नेपाली कांग्रेसले प्रदेश सरकारका गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबाट भएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको ठहर गरेको छ ।

कांग्रेसले समसामयिक राजनीतिका विषयमा शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यकालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. रामशरण महतले प्रदेश प्रमुखहरूले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।

उहाँले २०८० चैत २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानुनी भनी सर्वोच्च अदालतमा दायर भएको रिटमा टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतले चैत २८ गते आदेश गरेको र रिटको पूर्ण सुनुवाइ २०८१ वैशाख १० मा तोकिसकेको अवस्थामा प्रदेश सभा बैठक आव्हान गरेर प्रदेश प्रमुख र प्रदेश सरकार दुवैबाट अदालतको अवहेलना गर्ने काम भएको बताउनुभयो ।