महिला विकासमा लगानी गर्नु आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरेर लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
आर्थिक सङ्कटलाई टार्न नयाँ गठबन्धन : उपाध्यक्ष बादल
नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले देखिएको आर्थिक सङ्कटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन सरकारले काम गर्ने बताउनुभएको छ।
सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।
नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन आजबाट सुरु
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।
नेपाली महिला आन्दोलनको विकास : सम्भावना र चुनौती
जनसङ्ख्याको आधा हिस्सा ओगट्ने महिलाहरू समाजको अस्तित्व, गति र रूपान्तरणका समान साझेदार हुन् । सामाजिक विकासको कुनै अवस्थामा समाजको चरित्र मातृसत्तात्मक थियो । परिवार र समाजको अगुवाइ महिलाहरुले नै गर्दथे ।
विभेद हटाउन तीनै तहका सरकार क्रियाशील हुन आवश्यक
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बिचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोडदिनुभएको छ ।
चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
नेकपा एमालेको सचिवालय बैठक जारी
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।
महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ
महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनु भएको हो ।
उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।
सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिनुभएको छ ।
सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।
नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
महिलाको प्रगतिबाट सबै लाभान्वित: उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री श्रेष्ठको अनुरोध
नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गर्नुभएको छ।
रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय
निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ।
ओलीप्रति आशावादी छौँ : महासचिव चन्द
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति देशको समृद्धिप्रति आशावादी रहेको बताउनुभएको छ ।
म माथि कुनै दाग लागेन : पूर्व मन्त्री किराती
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ।
उपलब्धिमाथि खतरा उत्पन्न हुँदा गठबन्धन फेरियो : उपाध्यक्ष सापकोटा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको बताउनुभएको छ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।
प्रदेश समृद्धिको लागि स्थिर सरकार आवश्यक
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव
राष्ट्रिय सभा सदस्यहरूले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिनुभएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गर्नुभएको छ ।