• १२ साउन २०८१, शनिबार

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ

blog

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त महालेखापरीक्षक तोयम राय । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।