सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन
मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ ।
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सांसद डा. भण्डारी
हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।
शैक्षिक सत्र सुरु: बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
दुई लाख मतपत्र छापिँदै
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिने छ । मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा हुने छ । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् । बझाङ १ (१) मा ६१ हजार ७४८ मतदाता छन् । दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ ।
समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ।
नेपाल भारतबिचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
एमाले बागलुङको अध्यक्षमा केसी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १० औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।
वामपन्थी शक्तिबिच एकताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँमा स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरूपण गर्नुपर्छ : अध्यक्ष ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस संसदीय दलको बैठक आइतबार
नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन बढ्यो
बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ। सो परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँ पालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको छ।
एमाले खोटाङको अध्यक्षमा राई निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो ।
नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
एमाले हुम्लाको अध्यक्षमा तीनको दाबी
नेकपा (एमाले) हुम्ला अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार बेलुकाबाट नेताहरूले गरेको सहमतिको प्रयासले सफलता नपाएपछि नेतृत्व चयन प्रक्रिया सुरु भएपछि तीनको उम्मेदवारी परेको हो ।
एमाले सचिवालय बैठक आइतबार
नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो ।
वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न बाँके कांग्रेसको निर्देशन
नेपाली कांग्रेस बाँकेले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन: उपप्रधानमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।