• १२ साउन २०८१, शनिबार

एमाले खोटाङको अध्यक्षमा राई निर्वाचित

blog

नवनिर्वाचित अध्यक्ष देबविक्रम राई ।

राजकुमार भट्टराई

खोटाङ, वैशाख १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । 

राईले ३३९ मत पाउँदा दंगालको पक्षमा १८७ मत परेको छ । हाल अध्यक्षमा निर्वाचित राई यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । निर्वाचित अध्यक्ष राईलाई पोलिटब्युरो सदस्य विशाल भट्टराईको साथ रहेको थियो ।

जिल्ला कमिटी उपाध्यक्षमा कुमार आचार्य विजयी हुनुभएको छ । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । मनोनयनका क्रममा सचिवमा राईको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । 

खुला उपसचिवमा राजन बञ्जरा निर्वाचित हुनुभएको छ । सो पदमा ७ जनाको उम्मेदवारी परेको थियो । महिला उपसचिवमा कविता राई विजयी हुनुभएको छ । एमाले खोटाङको आठौँ अधिवेशन दिक्तेलस्थित माटिकोरे कभर्डहलमा आयोजना गरिएको थियो । 

सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो । अधिवेशनमा ५७९ प्रतिनिधि सहभागी थिए । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको थियो ।