• २० वैशाख २०८१, बिहिबार

अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरूपण गर्नुपर्छ : अध्यक्ष ओली

blog

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं, वैशाख १ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गर्नुभएको छ ।

शनिबार काठमाडौँमा बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरूपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराउनुभयो ।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरूपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उहाँको भना थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामूहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरूपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गर्नुभयो ।