राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज
राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।
आजदेखि उपनिर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
जसपानिकट समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ ।
गण्डकी प्रदेशको सरकार गठन विवाद सर्वोच्चमा
गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट सम्झना केसीको वारेसमा रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाइ २८ चैत (बुधबार) का लागि तोकिएको छ । रिटमा सभामुखसमेतलाई गणना गरी सरकार गठनको प्रक्रिया अघि बढाइएकाले बदरको माग गरिएको छ । सभामुखको गैरसंवैधानिक कदमका कारण संविधानको धारा १६८(३) अनुसार आफू मुख्यमन्त्री नियुक्त हुन पाउने वैध अपेक्षा पूरा नभएको रिटमा जिकिर गरिएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारमा सहभागी दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा पर्नुभएको थियो । लगत्तै चैत २१ गते उहाँले राजीनामा दिनुभएको थियो । यस्तै सरकार गठनका लागि प्रदेश प्रमुखले चैत २७ गतेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो । धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो ।
राष्ट्रिय सभा अध्यक्षसँग इजरायली राजदूतको भेट
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गर्नुभएको छ।
राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आरोपको स्पष्टीकरण दिने कुरामा गृहमन्त्रीलाई कांग्रेसले रोक्न मिल्दैन : एमाले
सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ।
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबिच सम्झौता
त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबिच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो।
‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ ।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
राप्रपा प्रदर्शनमा झडप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्ज समेत गरेको छ ।
सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताउनुभएको छ।
संसदीय प्रक्रिया अनुसार अघि बढ्न सभामुखलाई आग्रह
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षले मङ्गलबार दिउँसो संसदीय प्रक्रिया अनुसार अघि बढ्न प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिनुभएको थियो । नयाँ सत्ता समीकरण अनुसार नै अघि बढ्नुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको थियो । लगत्तै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभयो ।
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको र कांग्रेसको सो कदमको विरोधमा सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि उठेर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
प्रतिनिधि सभा बैठक अवरुद्ध
प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांगेस र विना प्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुन् ।
राष्ट्रिय सभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ ।