नवीन सुवेदी
सुर्खेत, चैत २८ गते । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ ।
कँडेल नेकपा (एमाले)का सभामुखसहित १०, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा (एकीकृत समाजवादी)का एक गरी २४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियूक्त हुनुभएको थियो । कँडेलले आजै पदभार ग्रहण गर्नुहुने जनाइएको छ ।