• २३ वैशाख २०८१, आइतबार

प्रतिनिधि सभा बैठक अवरुद्ध

blog

प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाडौं, चैत २७ गते । प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांगेस र विना प्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

त्यसलगत्तै कांग्रेस सचेतक सुशीला थिङले करोडौँ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानबिन समितिमार्फत छानबिन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिनुभयो ।