• १६ भदौ २०८१, आइतबार

इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन

blog

इलाम सदरमुकाममा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

कोकिला ढकाल
इलाम, चैत २७ गते ।
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तोकिएको समयभित्र एक जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबार प्रकाशन गरेको हो ।

आगामी वैशाख १५ को निर्वाचनका लागि इलाम– २ मा १२ दल र आठ स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको थियो । यीमध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार दिउँसो ३ बजेपछि स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिइनेछ । स्वतन्त्र उम्मेदवारहरुले आफैं चुनाव चिह्न रोज्न पाउने जनाइएको छ ।