• २३ वैशाख २०८१, आइतबार

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

blog

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद। तस्बिर : रत्न श्रेष्ठ/रासस


काठमाडौँ, चैत २७ गते । प्रतिनिधि सभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

आज सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।