• २३ वैशाख २०८१, आइतबार

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

blog

काठमाडौं, चैत २७ गते । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको र कांग्रेसको सो कदमको विरोधमा सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि उठेर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले संसद् बैठक सुचारु गराउनका लागि वातावरण बनाइदिन सबै सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।