लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनको सहमति
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाएको छ। नेकपा एमाले र माओवादी सहितको गठबन्धन बिच पाँच बुँदे सहमति भएको हो।
संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ ।
प्रदेशसभा खारेज गर्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन
देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभा खारेज गर्नु उत्तम हुने बताउनुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ बजे विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे लिने भनिएको विश्वासको मत ५ बजे लिने हुनुभएको छ ।
श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
गण्डकीमा सरकार बनाउन दलहरूको कसरत सुरु
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
एमाले स्याङ्जा अधिवेशनको तयारी पूरा
नेकपा (एमाले) स्याङ्जाको शुक्रबारबाट सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको सम्मेलन प्रचारप्रसार कमिटीले बिहीबार पुतलीबजार नगरपालिका–१ मा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको बताएको हो ।
शुक्रबार राष्ट्रपति पौडेल तनहुँको कार्यक्रममा सहभागी हुनुहुने
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार गृह जिल्ला तनहुँ आउनुहुने भएको छ। भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्न तनहुँ आउनुहुने भएको हो।
मुख्यमन्त्री चौधरी पदबाट राजीनामा दिनुहुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्तामा टुङ्गोमा पुर्याउनुपर्ने
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो बैठक सुरु भएको हो ।
जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
उपनिर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।
लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत
लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँचवटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत रहेको हो ।
विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था
कन्सुलर सेवा विभागले बिहीबरबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।
जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताउनुभएको छ ।
प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा (एस)को ४१ सदस्यीय प्रदेश कमिटी गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।
नयाँ सरकार गठन गर्न आह्वान
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नु भएको छ । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।
निजामती सेवा विधेयक संशोधनका लागि स्वीकृत
प्रतिनिधि सभाले निजामती सेवा विधेयकलाई संशोधनका लागि स्वीकृत गरेको छ । चैत १ गते सभामा पेस भएको विधेयक बुधबारको बैठकले संशोधनका लागि स्वीकृत गरेको हो । सभाले सर्वसम्मत रूपमा विधेयक संशोधनका लागि स्वीकृत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको प्रस्तावमा विधेयक संशोधनका लागि स्वीकृत भएको हो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले निजामती सेवालाई सुशासनमुखी बनाउने गरी अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । फागुन २१ गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो ।
परिवर्तन हुँदै प्रदेश सरकार
सङ्घीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारको गठबन्धनमा पनि परिवर्तन भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका दलसँग सहकार्य अघि बढाएपछि प्रदेश सरकारमा पनि समीकरण बदलिएको हो ।