• २८ वैशाख २०८१, शुक्रबार

इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु

blog

उम्मेदवारी दर्ता गराएर फर्किएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामबहादुर दर्जी उम्मेदवारी दर्ताको निस्सा देखाउँदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, चैत २४ गते । वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । 

अहिले सम्ममा जनमत पार्टीका प्रमदिप लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ । 

अन्य दलहरूले भने मनोनयन दर्ताको समय लिए पनि उम्मेदवारी दर्ता गर्न अझै नआएको बताइएको छ । निर्वाचनका लागि २० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । 

इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि एक लाख १५ हजार आठसय ८९ मतदाता रहेका छन् । नगरपालिका र गाउँपालिका गरी छ वटा पालिकाका ४२ वडामा निर्वाचन हुन लागेको छ ।