• १८ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्यमन्त्री यादवद्वारा गजेन्द्रनारायण अस्पतालको निरीक्षण

blog

अस्पतालको अनुगमन गर्नुहुँदै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव। तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, चैत २३ गते। उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ। 

उहाँले अस्पतालको आकस्मिक कक्ष, प्रयोगशाला, विभिन्न वार्ड, र निर्माणाधिन भवनको निरीक्षण गर्नुभएको हो। 

अस्पतालको निरीक्षण अघि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसँग भएको अन्तरक्रियामासमेत सहभागी हुनुभयो। 

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले अन्तरक्रियामा उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा कर्मचारीलाई अस्पतालमा काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो।