• १२ साउन २०८१, शनिबार

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

blog

एमाले केन्द्रीय कार्यालय ।

काठमाडौँ, चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुने छन् । परिषद् बैठकको तयारी गर्न केन्द्रीय कार्यालयमा आज बैठक बस्न लागिएको कार्यालयका सचिव डा.अधिकारी जानकारी दिनुभयो ।

एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ । रासस