• १२ असार २०८१, बुधबार

इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो

blog

मत माग्दै जाँदा भेट भएपछि भलाकुसारी गर्दै नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बु । तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) चैत्र २१ गते । २०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। 

चैत २२ गते बिहीबार इलाम बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उपनिर्वाचन कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता गरिने जिल्ला निर्वाचन अधिकृत देवीचरण फुयाँलले जानकारी दिनुभयो । 

उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन गरिसकेको छ। इलाम २ मा ७९ वटा मतदान स्थल र १ सय ४९ मतदान केन्द्र रहने छन् । उक्त केन्द्रमा ८ सय ९४ कर्मचारी परिचालन हुनेछन्। निर्वाचन कार्यालयका अनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। इलाम २ मा दलका उम्मेदवार भोट माग्दै घरदैलो गरिरहेका छन्।