• १२ साउन २०८१, शनिबार

ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्नु आवश्यक छ : उपाध्यक्ष भुसाल

blog

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल ।

काठमाडौं, चैत २१ गते। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल बुझ्नु आवश्यक रहेको बताउनुभएको छ। 

बुधबार ललितपुरमा भएको सार्वभौमिकता सीमा र पानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  उपाध्यक्ष  भुसालले यस्तो बताउनुभएको हो। उहाँले नेपाल–भारतबिच खुला सीमाना रहेको र सीमा व्यवस्थापनको लागि ईपीजीले प्रतिवेदन बनाएकाले त्यो कार्यान्वयनको चरणमा जान आवश्यक रहेको बताउनुभयो। 

उहाँले नेपाल भारत दुवै देशका प्रबुद्ध व्यक्ति समूहले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयनको लागि बुझ्न जरुरी रहेको बताउनुभयो।  उहाँले भारत सरकारले वेवास्ता गरे पनि नेपाल सरकारले पहल गर्नु आवश्यक रहेको बताउनुभयो। 

उहाँले बनेको प्रतिवेदन बुझाउन समस्या भएको कारण धेरै विषयमा असहजता भइरहेको बताउनुभयो। उहाँले दुवै देशका बौद्धिक व्यतित्व बसेर दुवै राष्ट्रको हितलाई मध्यनजर राखेर प्रतिवेदन बनाइएको बताउनुभयो। 

भुसालले जलस्रोतलाई विद्युतमा परिणत गरेर उत्पादनमुलक काममा लगाउन नसके जलस्रोतको धनी देश भनिरहने मात्रै हुने दाबी गर्नुभयो। 

उहाँले जलस्रोतलाई विद्युतीय ऊर्जामा रुपान्तरण गरी उत्पादनमुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले ११३ वर्ष पहिला राणाले फर्पिङबाट विद्युत उत्पादन गरेर आफ्नो दरबारमा मात्रै प्रयोग किसिमले सोच्न नहुने बताउनुभयो। 

उहाँले नेपालले ३० वर्षपछि विद्युत गरिब जनतालाई निःशुल्क र बाँकीलाई सस्तोमा विद्युत दिनसक्ने अवस्थामा पुग्ने बताउनुभयो। उहाँले त्यो सुखद् क्षण आउँदा मात्रै मुलुक समृद्ध हुने बताउनुभयो। उहाँले २० करोडमा जम्मा १ मेगावट विद्युत उत्पादनको लागि लाग्ने भएकाले जलविद्युत महँगो रहेको बताउनुभयो।