• १२ साउन २०८१, शनिबार

आरोप लाग्नासाथ सांसदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले

blog

सांसद डा.स्वर्णिम वाग्ले । फाइल तस्बिर

काठमाडौं, चैत २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभएको छ । 

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताउनुभयो । 

उहाँले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले उहाँले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभयो । उहाँले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा तयार रहेको बताउनुभयो ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उहाँको कुरा सुन्नुपर्ने बताउनुभयो। उहाँले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसद्को सम्बन्धित समितिमा अथवा संसदीय छानबिन समितिमा जान सकिने बताउनुभयो ।