• २७ वैशाख २०८२, शनिबार

बालुवाटारमा शीर्ष नेताको बैठक

blog

बालुवाटारको छलफलमा सहभागी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, चैत १७ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै, नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ। 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक र  संवैधानिक परिषद्का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।