• १३ साउन २०८१, आइतबार

बागमती सरकारमा एमाले सहभागी, नेता थपलियाद्वारा शपथ

blog

बागमती प्रदेशका प्रदेश प्रमुखबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १७ गते । बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गर्नुभएको हो । 

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिनुभएको हो । 

प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बन्नुभएका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । 

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्नेछ ।

मुख्यमन्त्री दाबी गर्दै आउनुभएका बज्राचार्य मन्त्री बनेसँगै दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीमा विवाद सिर्जना भएको छ ।

हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो । थपलिया र बज्राचार्यको मन्त्रीमा नियुक्तिपछि कांग्रेसका मन्त्रीले राजीनामा दिएका चार मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्नु भएको छ ।