राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाउनु भएको हो ।
वित्तीय समानीकरण अनुदान बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताउनुभएको छ।
सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
डा. आरजु राणाको सफल शल्यक्रिया
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको 'हाइपर प्याराथाइरोइड्इजम'को शल्यक्रिया सम्पन्न भएको छ ।
भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति
भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पूरा
नेकपा एमाले रुकुमपश्चिमको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
उपनिर्वाचनको सरगर्मी बढ्दै,शक्ति परीक्षणको सोचमा दलहरू
विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आआफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् । हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुने उपनिर्वाचनमा दलहरूबिच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।
मन्त्री चौधरीको सक्रियतामा धर्नारत पक्षसँग सहमति
अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीति तयारगरी जायज माग सम्वोधन गर्न आन्दोलनरत पक्षसँग बुधबार सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको अग्रसरतामा तीन बुँदे सहमति भएको हो ।
एमाले कास्की अध्यक्षमा अधिकारी
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी बन्नुभएको हो ।
उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ।
‘अस्पतालभित्रको लापरबाही सहय हुँदैन’
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताउनुभएको छ ।
एमाले अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली झापामा
नेकपा (एमाले) झापाको बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेशनको तयारी पूरा भएको सो दलले जनाएको छ ।
रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिने : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए बन्द गर्न सकिने बताउनुभएको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएनः महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ।
नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ ।
इलाम र बझाङमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।
नेकपा (एस) द्वारा प्रगति विवरण पठाउन निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
पैसाको अभावले योजना रोकिन्न
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले विकासको मेरुदण्ड भनेकै मुलुकमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुनुपर्ने बताउनुभएको छ।
कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।
स्थापनाको चार वर्षपछि सम्पर्क कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक
स्थापनाको चार वर्षपछि कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पहिलो बैठक बसेको छ। मंगलबार धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका सबै कार्यक्रममा मायाको चिनो र उपहार प्रदेश भित्रको उत्पादन प्रयोग गर्न सरकारी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ।