सुन तस्करी प्रकरण: सिफारिस अध्ययन गर्न समिति गठन
अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय जाँचबुझ अयोग गठन गरेको थियो ।
उपनिर्वाचनका लागि बजेट स्वीकृत
अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिनुभयो । उहाँले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताउनुभयो । प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताउनुभयो ।
समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास
सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको मोर्चामा एमालेलाई समेत समेटेर बलियो शक्ति निर्माण गर्ने योजना बनेको हो । यस मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।
देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ त्यागौं
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ। सबै राजनीतिक दल एउटै लयमा हिँडेमा मात्रै देशमा विकास र समृद्धि सम्भव हुने उहाँको भनाइ छ।
सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ।
लामिछानेको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रही : नेता ज्ञवाली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार : इलाममा सुहाङ नेम्बाङ
नेकपा (एमाले) ले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन्: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभएको छ ।
फागु पर्व नेपालीको विविधता बिचको एकताको पहिचान: सभापति देउवा
रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेकाले यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान फागु पर्व (होली) भएको बताउनु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले (होली) को शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनु भएको हो ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
नेकपा [एमाले] को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिनुभएको हो ।
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैनः उपमहासचिव खतिवडा
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताउनुभएको छ ।
होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ ।
पाँच राजनीतिक दलको नाम परिवर्तन
निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ । आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले नाम परिवर्तनका लागि दिएको निवेदन अनुसार पाँच वटै दलको प्रस्तावित नाम स्वीकृत गरेको हो ।
उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका राज्यमन्त्रीबिच शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज शिष्टाचार भेट भएको छ।
प्रतिपक्षमै बसेर सङ्घीयता बलियो बनाउँछौँ
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले प्रतिपक्षमै बसेर संघीयतालाई बलियो बनाउने बताउनु भएको छ । सरकारमा रहँदा सङ्घीयतालाई बल पुग्ने गरी ऐन, कानुन निर्माणमा तीव्रता दिएको दाबी गर्दै उहाँले अब प्रतिपक्षमा बसेर देशको समृद्धि र विकासमा अग्रसरता लिने उल्लेख गर्नुभयो ।
सरकारले विश्वासको मत प्राप्त गर्ने मन्त्री देउवाको दाबी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभएको छ।
प्रदेश सरकारको प्राथमिकतामा नागरिकको सुरक्षा : गृहमन्त्री लेखी
नेकपा (एमाले) को तर्फबाट मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुनमन्त्री बन्नुभएका राजकुमार लेखीले सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
स्वास्थ्य अवस्थाका कारण महरालाई हाजिरी जमानीमा छाडिएको होः उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताउनुभएको छ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार : एमालेबाट तीन मन्त्री
शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट थप तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।
अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ ।