• १३ साउन २०८१, आइतबार

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ : नेता खनाल

blog

काठमाडौं, चैत ११ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ। 

आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत् होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो। 

उहाँले देशको विकास गर्न र विकृति, विसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनुभयो। उहाँले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताउनुभयो। खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनुभयो।

सम्मानित नेता खनालले देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिविरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिविरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो।