• १२ साउन २०८१, शनिबार

फागु पर्व नेपालीको विविधता बिचको एकताको पहिचान: सभापति देउवा

blog

काठमाडौँ, चैत ११ गते । रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेकाले यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान फागु पर्व (होली) भएको बताउनु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले (होली) को शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनुभएको हो । 

फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एक अर्कालाई रङ्ग लगाई खुसीयाली साटासाट गरी मनाउन शुभ–कामना दिनुभएको छ । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ यो पर्व मनाउँदै आएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भनी शुभकामना दिनुभएको छ ।