महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा विवादरहित
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महिला न्यायाधीशले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताउनुभएको छ ।
महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश
महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताउनुभयो ।
एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार
बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति गृह मन्त्रालय सचेत छ
गृह मन्त्रालयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सदैव सचेत रहेको बताएको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री कार्यालयले थाल्यो नीति तथा कार्यक्रम तर्जुमा प्रक्रिया, विभिन्न क्षेत्रका विज्ञसँग छलफल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव सङ्कलन सुरु गरेको छ।
मानव भएर बाँच्न पाउनुपर्छ : प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मानवले मानव भएर बाँच्न पाउनु पर्ने बताउनुभएको छ । ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएका छौँ
उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ।
नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन
सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ ।
‘संसद् बैठक अवरुद्ध गर्ने काम राजनीतिक होइन’
सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाउनुभएको छ ।
चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो।
साहित्यमा परशु प्रधानको योगदान सधैं सम्झिनेछौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार परशु प्रधानले नेपाली साहित्यको उत्थान र विकासमा पुर्याउनुभएको योगदान नेपाल र नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहने बताउनुभएको छ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।
सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रजिअलाई गृहमन्त्रीको निर्देशन : नागरिकको भरोसा बनेर काम गर्नु
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ।
‘पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभएको छ ।
इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ ।
योजना आयोगकाे सदस्यमा चार जना नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे ९ललितपुर०लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
'विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय
सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।
बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।
महरासँग आज पनि बयान लिइँदै
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपति म्याग्दे गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि आउन लाग्नुभएको हो ।
६ संसदीय समितिको बैठक बस्दै
बिहीबार एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ, कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।