अमरराज नहर्की
तनहुँ, चैत्र ८ गते । राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपति म्याग्दे गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि आउन लाग्नुभएको हो ।
भवनको राष्ट्रपतिले वैशाख ३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको म्याग्दे गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नु, ‘‘भवन उद्घाटनका लागि राष्ट्रपतिलाई निम्ता गरेका छौं उहाँ आउँछु भन्नु भएको छ ।’’ भवन निर्माणको काम अन्तिम चरण पुगेको गाउँपालकाले जनाएको छ । भवन आठ करोडको लागतमा बन्न लागेको हो ।
राष्ट्रपति पौडेलको तेस्रो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । यसअघि पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी र असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनु भएको थियो ।