शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
शिक्षामा लगानी बढाउनुपर्छ
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । साथै उहाँले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।
नेसपाद्वारा पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन
नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गरेको छ।
नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ ।
राष्ट्रिय पुँजीको विकास
सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने सङ्कल्प लिएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध
सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ ।
सत्ता समीकरणले जनतामा आशा जगाउन नसके देश अप्ठ्यारोमा जान्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको छ।
‘नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेटका लागि स्थगन भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।
कास्की एमाले अधिवेशनको प्रतिनिधि छनोट बुधबारदेखि
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको अधिवेशनका लागि प्रतिनिधि छनोट बुधबार हुने भएको छ । यही चैत १० र ११ गते एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनका हुन लागेको हो ।
राजश्वलाई देश निर्माणको आधार बनाउनुपर्छ : गोकुल बाँस्कोटा
नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले राजश्व चुहावट रोक्नका लागि राजश्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ।
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धता
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक
शिक्षा समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ ।
कांग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरेर आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ।
मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन
उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको छ । विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा आयोजित कार्यक्रममा उहाँले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको हो ।
प्रतिनिधि सभामा उठेका प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डको जवाफ (पूर्णपाठसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिनुभएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिनुभएको हो।
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ ।
अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।