बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ l
बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
‘बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ’
नेकपा (एमाले) का सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएको हो ।
गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, मनाङे पुनः मन्त्री
कामचलाउ अवस्थामा पुगेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नयाँ मन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रिय सभामा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित
जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।
सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गर्न माग
नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबिच छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवम् युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबिच आज मन्त्रालयमा छलफल भएको छ ।
‘समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता’
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।
प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी
राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यकाे मूल छत्र–गजुर जीर्णाेद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी हुनुभएको छ ।
रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताउनुभएको छ ।
‘सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु’
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको शपथ
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।
माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सङ्घीय सांसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ।
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सुधार गर्न निर्देशन दिनुभएको छ।
माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त
नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।
प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।
भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ।
सभापति बनेर पार्टी फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा राख्नुभएको हो।