६ संसदीय समितिको बैठक बस्दै
बिहीबार एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ, कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।
महराको बयान सुरु
सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको रोहबरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको थियो ।
‘आगामी बजेट समाजवाद उन्मुख’
अर्थमन्त्री वर्षमान पुनले आर्थिक अवस्था शिथिल भए पनि ठूलो मन्दी वा सङ्कटमा नरहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कोभिड–१९ पछिको आर्थिक अवस्था सकारात्मक भएर पनि अपेक्षित भने हुन नसकेको बताउनुभयो । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन व्यवस्था संशोधन गरेर यो पटक सिद्धान्त र प्राथमिकताको छलफल बजेट पेसको तीन महिनाअघि नै सम्पन्न गरेको हो ।
विनोद चौधरीबारे सभामुखलाई पत्राचार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सांसद विनोदकुमार चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई पठाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि छानबिन भइरहेको जानकारी प्रहरीले सभामुख घिमिरेलाई गरेको हो ।
दललाई उत्तरदायी बनाइने
राजनीतिक दललाई थप उत्तरदायी बनाउने तयारी गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई परिमार्जन एवं संशोधन गर्ने क्रममा दलको नियमन र व्यवस्थापन प्रभावकारी बनाउन यसप्रकारको तयारी गरिएको हो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन–२०७३ संशोधनका क्रममा राजनीतिक दल गठन र दर्तादेखि सञ्चालनमा कडाइ गर्ने आसयसहित सुझाव मागेको छ । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “दल दर्ता गर्ने तर निर्वाचनमा भाग नलिने, निर्वाचनमा भाग लिनुअघि घोषणापत्र जारी गर्ने तर सरकारमा जाँदा घोषणापत्रबमोजिम काम नगर्नेजस्ता विषयलाई समेट्ने गृहकार्य गरेका छौँ ।”
सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
नेपालको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ ।
सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विकासमा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न आयोजनामा भइरहेको ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभएको छ ।
बजेट अर्थ मन्त्रालयको नियन्त्रणमा हुनुहुँदैन : सांसद ज्वाला
प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थ मन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राख्नुभएको छ ।
कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा कांंग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।
राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुहोस् : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभएको छ।
सरकारले गरिबी घटाउने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताउनुभएको छ ।
सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा रहेको बताउनुभएको छ ।
सांसदहरूको सुझावअनुसार नीति कार्यक्रम र बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा सांसदहरूले दिएका सुझावअनुसार नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ।
विभिन्न देशका पूर्व राजदूतसँग परराष्ट्रमन्त्री श्रेष्ठको छलफल
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका पूर्व राजदूतसँग छलफल गर्नुभएको छ ।
सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ : सांसद विश्वकर्मा
नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताउनुभएको छ ।
निजी जग्गामा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था हुँदैछ : मन्त्री साह
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ ।
एमाले डडेलधुराको अध्यक्षमा शाही
नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौँ अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रूपमा चयन गरिएको हो ।
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।
‘सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन’
जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ ।