पूर्व मुख्यमन्त्रीको टोलीद्वारा सडक निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीको टोलीले बेलबास-बेथरी-मर्चवार-खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको निरीक्षण गरेको छ ।
लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको छ ।
बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा
बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आउनुभएको छ ।
उपप्रधानमन्त्री महासेठद्वारा नेपाल रेल सेवाको निरीक्षण
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शनिबार नेपाल रेल्वेको कुर्था-जनकपुर-जयनगर रेल सेवाको निरीक्षण गर्नुभएको छ ।
नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ ।
प्रतिस्थापन विधेयक दर्ता
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयक शुक्रबार प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो । संवैधानिक व्यवस्था अनुसार उक्त विधेयक यही चैत २२ गतेसम्म दुवै सदनबाट पारित र प्रमाणीकरण भइसक्नुपर्ने छ । करिब दुई साताको अवधिमा दुवै सदनमा विधेयक पारित, प्रमाणित र प्रमाणीकरणको चक्र पूरा नभए अध्यादेश स्वतः निष्क्रिय हुने छ । सभामुख देवराज घिमिरेसहितको टोली बुधबार आइपियुमा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गरेको अवस्थामा कम्तीमा एक साता प्रतिनिधि सभाको बैठक बस्ने सम्भावना छैन । अध्यादेशले संशोधन गरेका व्यवस्था हुबहु राखेर विधेयक ल्याइएको छ ।
देश परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले वैकल्पिक नेता बालेन्द्र शाह, हर्क सम्पाङ र रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तै विद्रोही भएको टिप्पणी गर्नुभएको छ।
‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, प्रणाली सुधार्न निर्देशन
यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ।
एमाले बाँके अधिवेशन जेठमा
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८० जेठ महिनामा हुने भएको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा शुक्रबार नेपालगन्ज सम्पन्न जिल्ला कमिटीको १० औँ पूर्ण बैठकले जेठ २ र ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
मेडिकल काउन्सिलका पदाधिकारीसँग गृहमन्त्रीको परामर्श
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्ति बढेको भन्दै उहाँले सो छलफल गर्नुभएको हो ।
लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।
निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको निरीक्षण
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू जितेको धनुषा निर्वाचन क्षेत्र–४ मा निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको शुक्रबार निरीक्षण गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गर्नुभएको हो।
‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
नयाँ सरकार बनाउन साना दल निर्णायक
सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुने पक्का छ। दलहरूबिच अनौपचारिक छलफल सुरु भइसकेको छ। सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन।
आमसञ्चार र बिउँबिजन विधेयक प्रमाणीकरण
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गर्नुभएको हो।
‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह
पाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
‘एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ’
नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो ।
एमालेद्वारा सचिवालय बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।