• १६ वैशाख २०८१, आइतबार

सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

blog

कृष्णबहादुर महरा । फाइल तस्बिर

काठमाडौं, चैत ९ गते । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्व सभामुख महराको शुक्रबार बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

यसअघि शुक्रबार नै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको हो । रासस

यो पनि पढ्नुहोस

माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा

सुन तस्करी प्रकरण: महरासँगको बयान सकियो

राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा दायर

सुन प्रकरणमा महरा र भण्डारीसँग बयान