राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ।
मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ गठबन्धन निर्माण भएसँगै मुलुकमा नयाँ खालको राजनीतिक समीकरण प्रारम्भ भएको बताउनुभएको छ ।
रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता
बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ ।
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आउनुभएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताउनुभयो ।
किसानलाई अनुदान दिन सांसदको माग
कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
विकासशील राष्ट्रमा स्तरोन्नति तयारीका लागि रणनीति बन्दै
नेपालको विकासशील मुलुकमा स्तरोन्नतिका लागि आवश्यक तयारीलाई ध्यान दिँदै नयाँ रणनीति आउने भएको छ । राष्ट्रिय योजना आयोगले सो रणनीति चाँडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल सन् २०२६ को २४ नोभेम्बरदेखि विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यतालिका छ ।
गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो ।
अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
सर्वोच्चद्वारा दुर्गा प्रसाईँको पक्षमा रिट जारी
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।
दीपक कार्कीद्वारा वन राज्यमन्त्रीको शपथ ग्रहण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।
‘नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ ।
नेपाली सेना जनताको भरोसाको केन्द्र
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेना विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।
जसपा नेता दीपक कार्की वन राज्यमन्त्री नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत
कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत हुनुभएको छ ।
सहिदको सम्झनामा शालिकसहित उद्यान निर्माण
तनहुँको घिरिङ गाउँपालिका –१ बैडीमा सहिद दिलमाया विक (सन्ध्या) को सम्झनामा शालिकसहितको उद्यान निर्माण गरिएको छ । सन्ध्याले २०६१ वैशाख २६ गते सहादत प्राप्त गर्नुभएको थियो । उहाँको अर्धकदको शालिकसहित उद्यान बनाइएको हो ।
'नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि होइन'
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि नभई देश विकास र जनताको समृद्धिका लागि भएको स्पष्ट पार्नुभएको छ।
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैङ्कलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ ।
फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर : उपसभामुख रानामगर
गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताउनुभयो ।
‘कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ’
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभयो ।
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो ।
किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गर्नुभयो ।