• २७ वैशाख २०८१, बिहिबार

ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी

blog

गृहमन्त्रालयमा आयोजित छलफलमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौं, चैत ७ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ। 

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले गर्नेछ। जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नयाँ वर्ष लगत्तै बजार खुला हुने बताउनुभयो। ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १० भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भन्नुभयो, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’ 

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।