• १७ असार २०८१, सोमबार

सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय

blog

काठमाडौं, चैत ९ गते । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा.सङ्गीता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात र नेपाली तीन जना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ ।