• १२ साउन २०८१, शनिबार

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

blog

काठमाडौँ,  चैत ८  गते ।  बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बयान लिएको छ । 

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।  जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिनुभयो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिनुभयो । रासस