• १६ वैशाख २०८१, आइतबार

प्रदेश सरकारको प्राथमिकतामा नागरिकको सुरक्षा : गृहमन्त्री लेखी

blog

पदभार ग्रहण गर्दै मधेश प्रदेशका गहृ, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, चैत १० गते । नेकपा (एमाले) को तर्फबाट मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुनमन्त्री बन्नुभएका राजकुमार लेखीले सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । 

पद तथा गोपनीयताको सपथलगत्तै शनिबार पदभार ग्रहण गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नागरिकको सुरक्षा, सूचनाको हक, सञ्चार क्षेत्रमा रहेका समस्याको समाधान गरी कानुन निर्माणमा आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । 

सञ्चार क्षेत्रमा देखिएका विभिन्न खालका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले पत्रकारमैत्री भएर काम गर्ने उहाँले बताउनुभयो । मधेश प्रदेशमा बाढी पहिरो, शितलहरजस्ता दैवीप्रकोपको उच्चजोखिम रहेको भन्दै दैवीप्रकोपबाट हुनसक्ने क्षति हुन नदिन प्रदेश सरकारले पूर्वतयारी थाल्ने बताउनुभयो । 

मन्त्री लेखीलाई मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम खरेलले मन्त्रालयमा स्वागत गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री लेखीले मधेश प्रदेशमा सूचनाको हकको पूर्ण कार्यान्वयन गराउने निर्णय गर्नुभएको छ ।