• १३ साउन २०८१, आइतबार

अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन अध्यक्ष ओलीको आग्रह

blog

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं, चैत १० गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताउनु भयो ।

उहाँले होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताउनु भयो । उहाँले चुनावमा धेरै अबिर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अबिर नलगाई विजयी मनाउने गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताउनु भयो । उहाँले इच्छा विपरीत होली नखेल्न पनि आग्रह गर्नुभयो । उहाँले होली पर्वहरूमध्येको पनि पुरानो पर्व भएको उल्लेख गर्नुभयो ।