साताका सात तस्बिर
जुम्ला जिल्लाको गौतम बाडा (बायाँ) बीचमा तिलाकर्णाली नदी दायाँतर्फ धौलापानी जर्मीलिताकोट लगायतका बस्ती
सिन्दुरले रङ्गियो मध्यपुरथिमि (फोटो फिचर)
हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे ।
गौतम बुद्धले महायात्रा सुरु गरेकाे पूर्वीद्वार (फोटो फिचर)
कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट दरबार जहाँ गौतम बुद्धले २९ वर्ष युवा काल बिताएका थिए। यस तिलौराकोटमा ४ वटा द्वार रहेका छन्। पूर्वीद्वार , पश्चिमद्वार, उत्तरीद्वार र दक्षिणीद्वार । हाल चलनमा आएको प्रमुखद्धारको रूपमा पश्चिमद्वार रहेको छ।
उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)
हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ ।
वसन्तपुरमा पर्यटन महोत्सव र फोटो प्रदर्शनी
नयाँ वर्षको अवसरमा मल्टिमिडिया ग्रुपले काठमाडौं वसन्तपुरमा पर्यटन महोत्सवको आयोजना गरेको छ।
बिस्केट जात्रा (फोटो फिचर)
भक्तपुरको प्रशिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो ल्यासिंखेलमा बिहीबार राति हजारौँ जात्रालुको सहभागीतामा उठाएर जात्रा मनाइँदै।
बिस्का जात्राको फोटो प्रदर्शनी (फोटो फिचर)
बिस्का जात्रा तथा नयाँ वर्षको अवसरमा मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमीमा हुने बिस्का जात्रा र जिब्रो छेड्ने जात्राको फोटो प्रदर्शनी गरिएको छ ।
सङ्कटा र हिमालयन शेर्पा विजयी (फोटो फिचर)
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा बुधबार भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।
मच्छिन्द्रको फराकिलो जित (फोटो फिचर)
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ ।
शहीद स्मारक फागुन–चैतमा गुल्जार
विगतमा वर्षहरुमा फागुन–चैतमा प्रायः सुनसान रहने शहीद स्मारक यो वर्ष भने गुल्जार बनेको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा विगतमा वर्षहरु फागुन–चैत महिनामा पर्यटकहरुको आगमन अत्यन्त हुन रहने गरेको थियो ।
बिस्का: जात्रा सुरु (फोटो फिचर)
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ ।
साँखु नगरमा जात्रा
बज्रयोगिनी जात्राको आइतबार मुल जात्रा भएको छ ।
स्वर्गको एक टुक्रा: रारा (फोटो फिचर)
रारा घुम्न चाहनेहरुका लागि उपयुक्त याम सुरु भएको छ । याम सूरु भएदेखि रारा पुग्नेहरुको चाप उल्लेख्य बढेको छ । तर पर्यटकीय पूर्वाधारहरुको अभावमा प्रायः यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो छ ।
गुलरियाको प्रख्यात कोटही देवी मन्दिर
बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ मा अवस्थित कोटही देवीको मन्दिर प्रख्यात मध्येको एक हो । यहाँ पहिला पिपलको ठुटाको फेदीमा शिला पत्र मात्र थियो। भक्तजनहरू त्यही शिला पत्रलाई कोटही देवी मानी पूजा अर्चना गर्दथे।
साताका सात तस्बिर
कालिकोट जिल्लाको कोटबाडामा निर्माण सम्पन्न भएको सुन थराली विमानस्थल ।
जीवित छ नेवाः संस्कृति (फोटो फिचर)
नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवा: शब्दले कुनै नस्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ ।
साँखुमा बज्रयोगिनी जात्रा सुरु
काठमाडौं, चैत २३ गते । साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।
बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)
आज (बिहीबार) बाइसधारा मेला धूमधामले लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ ।
प्रहरी चौकीमा अलपत्र सवारी साधन (फोटोफिचर)
उपत्यकाको विभिन्न ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएका मोटरसाइकल तथा गाडीहरू अलपत्र हुने गरी राखिएका छन् ।
कीर्तिपुरमा शहीदको स्मरणमा प्रभातफेरि
वि.सं. २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त शहीदको स्मरणमा कीर्तिपुरमा प्रभातफेरि गरिएको छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको हो ।
गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बत्ताउनुभएको छ ।
साताका सात तस्बिर
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र।
सेतो मच्छिन्द्रनाथको फोटो प्रदर्शनी
सेतो मच्छिन्द्रनाथको रथजात्राको अवसर पारेर नेपाल फोटो पत्रकार सङ्घ (एनएफपिजे) ले तीन दिने फोटो प्रदर्शनी गरेको छ ।