• ७ वैशाख २०८१, शुक्रबार

बिस्का जात्राको फोटो प्रदर्शनी (फोटो फिचर)

blog

प्रदर्शनीमा राखिएको तस्बिर अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : केशब गुरुङ

काठमाडौँ, चैत ३० गते । बिस्का जात्रा तथा नयाँ वर्षको अवसरमा मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमीमा हुने बिस्का जात्रा र जिब्रो छेड्ने जात्राको  फोटो प्रदर्शनी गरिएको छ ।

काठमाडौंको वसन्तपुरमा  प्रदर्शनीमा फोटो पत्रकार रत्न श्रेष्ठले विगत ८ वर्षदेखि खिँचेका बिस्का जात्रा र जिब्रो छेड्ने जात्राको ९० ओटा तस्बिर राखिएको छ । 

स्वदेशी तथा विदेशी नागरिकलाई भक्तपुरमा हुने जात्राको बारेमा जानकारी दिन र भक्तपुरलाई चिनाउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको फोटो पत्रकार श्रेष्ठले बताउनुभयो । बिहान ११ बजे सुरु भएको प्रदर्शनी साँझ ५ बजेसम्म चल्नेछ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।