• ६ जेठ २०८१, आइतबार

बिस्का: जात्रा सुरु (फोटो फिचर)

blog

तौमढी टाेलबाट भैरबको रथ तान्दै भक्तजनहरु । तस्बिरहरु : मनोजरत्न शाही

काठमाडौं, चैत २७ गते । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ ।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । चैत ३० गते योसिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी साँझ लिङ्गो उठाइने जात्रा हुनेछ । तस्बिरहरु : मनोजरत्न शाही र केशव गुरुङ