• २७ मङ्सिर २०८२, शनिबार

महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, मङ्सिर २७ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। 

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनु भयो। एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अन्डरमाइन्ड नगरोस् भन्दै उहाँले चेतावनी दिनु भयो। 

ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो। एमाले भएर देशको अभिभारा पूरा गर्ने उहाँले बताउनु भयो। ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उहाँले भन्नु भयो। 


११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनु भयो। एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनु भयो।