शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ ।
११ ओभरको चौथो, पाँचौँ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दिपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नु भएको हो ।
लुम्बिनीका कप्तान रोहितको ह्याट्रिकसँगै ११ ओभरको समाप्तिमा ४४ रन बनाउँदा सुदूरपश्चिमले ६ विकेट गुमाएको हो ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले सुरुमा बलिङ गरेको हो ।