• १५ वैशाख २०८१, शनिबार

साताका सात तस्बिर

blog

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र। सडक सञ्जाल जोडिएसँगै जिल्लाको दोस्रो ठूलो बजारको रुपमा विकास हुँदै गएको छ । तस्बिरः हेमन्त केसी/रासस


फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा  आयोजना गरेको २४ औं पुष्प प्रदर्शनीमा सजाइएको फूल।  तस्बिर: हरिराम भेटुवाल/रासस 

महोत्तरीको बर्दिबासदेखि ११ दिनको पैदल यात्रा गरी न्यायका लागि राजधानी आउनुभएका मिटर ब्याज पीडित आइतबार काठमाडौं मातातीर्थमा विश्राम गर्दै। तस्बिर : विकाश द्वारे


प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि विजेता नेपाली खेलाडीको साथमा अगाडि ट्रफी उचालेर रमाउँदै नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङ।  तस्बिर : केशब गुरुङ

भक्तपुरको सिद्धि पोखरीमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर: कविता थापा 


शपथ ग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नव नियुक्त मन्त्री।तस्बिर : सुजन


काठमाडौंमा बसेर ठगी गरेको आरोपमा पक्राउ परेका ९ जना चिनियाँ नागरिक र  उनीहरूसँग काम गरेको भन्दै १० जना नेपालीलाई पक्राउ गरेर बुधबार पत्रकार सम्मेलन पश्चात सार्वजनिक गरिएको हो। सार्वजनिक गर्नु अघि प्रहरी परिसरमा बसेका चिनियाँ नागरिक। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले सार्वजनिक गरेको हो। तस्बिर : सुजन गुरुङ