• ६ जेठ २०८१, आइतबार

साताका सात तस्बिर

blog

कालिकोट जिल्लाको कोटबाडामा निर्माण सम्पन्न भएको सुन थराली विमानस्थल । आगामी वैशाख १ गतेदेखि सो विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । तस्बिरः विशाल सुनार


मुस्ताङको थाक सात सय क्षेत्रस्थित कालीगण्डकी नदी माथिको काठेपुल  । मुस्ताङको थासाङ गाउँपालिकावासी बर्सेनी जोखिम मोलेर यही पुलबाट कालीगण्डकी वारपार गर्न बाध्य छन् । तस्बिरः सुशीलबाबू थकाली/रासस


तेमाल जात्राका अवसरमा बुधबार बौद्ध स्तुपामा तामाङ समुदायका सदस्य दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै पूजाका लागि लामबद्ध हुँदै । प्रत्येक चैत्र शुक्ल चतुर्दशीका दिनलामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध स्तुपामा बत्तीबाल्ने गरिन्छ । तस्बिरः सुजन गुरुङ 

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल पुनहिलमा सूर्योदय हेर्दै गरेका आन्तरिक तथा वाह्य पर्यटक । तस्बिरः ध्रुवसागर शर्मा/रासस


बिहीबार साँझ देखिएको पोखरास्थित फेवातालको दृश्य । तस्बिरः रामबहादुर थापा/रासस

कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश क्षेत्रमा चैत धान खेती गरिन्छ । तस्बिरः कैलाश जोशी/रासस 


दैलेखको दैलेख सुर्खेत सडक अन्तर्गत पर्ने गुरास गाउँपालिकाबाट देखिने सैपाल हिमालको दृश्य । आकास खुलेको बेला पश्चिममा अपी, सैपाल  रेन्ज र पूर्व उत्तरमा धौलागिरी शृङ्खला देख्न सकिन्छ । तस्बिरः विशाल सुनार