• १६ चैत २०८०, शुक्रबार

साँखु नगरमा जात्रा

blog

नगर परिक्रमा गराइदैँ बज्रयोगिनी तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत २६ गते । बज्रयोगिनी जात्राको आइतबार मूल जात्रा भएको छ । साँखु नगरमा जात्राका लागि गत बिहीबार साँखुको उत्तर दिशामा रहेको पर्वतको बज्रयोगिनी मन्दिरमा रहेको बज्रयोगिनी मूर्ति नगर प्रवेश गराइएको हो । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ।

नगर प्रवेशको चार दिनपछि आइतबार ‘मुँ’ जात्राका रूपमा साँखुवासीले मनाइरहेका छन्। आजको दिनमा साँखुवासीहरूले आफन्तहरूलाई नखत्या बोलाउने चलन  रहेको छ । जात्रामा बज्रयोगिनीको मूर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ। 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।