• १६ चैत २०८०, शुक्रबार

सेतो मच्छिन्द्रनाथको फोटो प्रदर्शनी

blog

फोटो प्रर्दशनीमा चाखलाग्दाेपूर्वक तस्विर हेर्दे । तस्विर: मनोजरत्न शाही

काठमाडाैँ, चैत १८ गते । सेतो मच्छिन्द्रनाथको रथजात्राको अवसर पारेर नेपाल फोटो पत्रकार सङ्घ (एनएफपिजे) ले तीन दिने फोटो प्रदर्शनी गरेको छ । जात्रा सुरु भएको दोस्रो दिन असनबाट सुरु भएको प्रदर्शनी सेतो मच्छिन्द्रनाथको रथयात्रा विश्राम हुने स्थान क्रमशः हनुमानढोका दरबार परिसर र लगनटोलमा प्रदर्शनी गरिएको हो ।

सेतो मच्छिन्द्रनाथसँग सम्बन्धित फोटो मात्र संलग्न गरिएको उक्त प्रदर्शनीमा ३५ फोटोग्राफरका ५० फोटो प्रदर्शनी गरिएको छ। 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।