त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दीलगायतका विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक शुरु
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक शुरु भएको छ । सोमबार बिहानबाट शुरु भएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
जबरामाथि लगाइएको महाअभियोगबारे प्रमाण पेश
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाअभियोग सिफारिस समितिमा बुझाएका छन ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।
दफावार छलफलका लागि विधेयक समितिमा
सुदूरपश्चिम प्रदेशको निजामति सेवा गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात् तयार भएको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरिएको छ ।
बेपत्ता र सत्य निरुपण विधेयक पीडितलाई न्याय दिने गरी आएन : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।
संसदमा बेपत्ता र सत्य निरुपण आयोग विधेयक पेश
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधिसभामा दिवंगत गिरीको शोक प्रस्ताव पारित (भिडियो)
प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
राष्ट्रियसभामा दिवंगत गिरीको शोक प्रस्ताव पारित
राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका दिवंगत प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ । सोमबार मध्याह्न १२ बजेर ५९ मिनेटमा बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हाे ।
दुवै सदनको बैठक आज बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदिप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताकाे त्यस्तै बहुमतले पारित गरेको छ ।
नागरिकता विधेयकमा प्रतिपक्षी दलले राजनीति गरेको वर्षमान पुनको आरोप
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाउनु भएको छ।
नागरिकता विधेयकमाथि राजनीति नगर्न सांसद विश्वकर्माको आग्रह
सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शून्य समय : फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ ।
नागरिकता विधेयकलाई सदनले गम्भीरतापूर्वक लियोस् : सांसद ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदिप ज्ञवालीले नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिनिहुँदै एमालेका उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्विकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो ।
संसद बैठकमा अनुपस्थित हुने सांसदको नाम सार्वजनिक
संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।
नागरिकता विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (प्रत्यक्ष प्रसारण )
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी
प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रस्तुत हुँदै
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ।
प्रत्यायन विधेयक बहुमतले पारित
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।
पशुस्वास्थ्य विधेयक बहुमतले पारित
प्रतिनिधिसभा बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
प्रतिनिधिसभाको मङ्गलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेश
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभा बैठक पेश भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाउनुभएको हो ।